पोर्चुगलमा जर्मन पर्यटक सवार बस दुर्घटना, २८ को मृत्यु, २८ घाइते

एजेन्सी : पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु भएको छ। मडिरा टापुको कनिसो नगरमा ५५ यात्रु सवार बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको र अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। त्यस्तै पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएका छन्।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०८:५३