एनआरएनए यूके अध्यक्षमा पुनम गुरुङ विजयी, औपचारिक घोषणा भने भोली

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । संघको आगामी २०१९-०२१ कार्यकालको लागि अध्यक्षमा पुनम गुरुङ विजयी हुनुभएपछि पहिलो महिला नेतृत्व पाएको हो । सन २००३ मा स्थापना भएको एनआरएन यूके एनआरएनएको जन्मस्थल समेत हो । यूकेले १६ वर्षको इतिहासमा अहिलेसम्म महिला नेतृत्व पाएको थिएन ।

पुनम गुरुङले एनआरएनए यूकेका अर्का प्रतिस्पर्धी शेर बहादुर सुनारलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । निकै कडा प्रतिस्पर्धाका बीच पुनमले यूकेको इतिहासमा नयाँ रेकर्ड राख्नुभएको हो ।

पुनमले.झिनो मतान्तरणले सुनारलाई पराजीत गर्नुभएको स्रोतले बतायो । यद्यपी निर्वाचन समितिले भने यसको औपचारिक घोषणा गरेको छैन । भोली केन्द्रीय प्रतिनिधिको सहभागितामा आधिकारिक घोषणासहित मत परिणाम सार्वजनीक गर्ने कार्यक्रम तय भएको  छ ।


प्रकाशित | ४ आश्विन २०७६, शनिबार १६:५६