नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २३०० पुग्यो

काठमाडौ : नेपालमा पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको हो । जसमा पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ रहेका छन् ।

डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । २२२ जना पुरूष र ५६ जना महिला निको भएका छन् ।


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १६:४८