नयाँ बसपार्कको होटेलमा शव फेला, २ जना पक्राउ

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।


प्रकाशित | २९ चैत्र २०७७, आईतवार १४:०७