एनआरएनएको आर्थिक स्थितिमा व्यापक सुधार, के-के भए नयाँ काम ? (भिडियो रिर्पोटसहित)

काठमाडौ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ संस्थामा आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न सफल हुँदै जानु भएको छ । संस्थाको आर्थिक स्थिति निकै नाजुक रहेको अवस्थामा कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको श्रेष्ठले कोभिड- १९ का बाबजुत पनि संस्थाको भद्रगोल संरचनालाई परिर्वतन गर्दै मजबुत संरचनाको निर्माण गर्न सफल हुनुभएको हो ।

आर्थिक नियमावली बनाएर नियमावलीअनुसार खर्च गर्ने परिपाटीको शूरुवात, तीन /तीन महिनामा वेभसाईटमार्फत आर्थिक प्रतिवेदन सार्वजनीक गर्न सफल  ।

निर्वाचीत भएर आएसँगै आर्थिक पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना गरि चार मन्त्र लिएर अगाडि बढ्नु भएको श्रेष्ठले संस्थामा सुधारको प्रयास थाल्नुभयो । विशेष गरि कोषाध्यक्ष श्रेष्ठले शूरुमा डिडिए रिपोट तयार पार्न लागिपर्नुभयो । संस्थाको विगतदेखि अहिलेसम्मको आर्थिक स्थिति कस्तो छ ? भनेर डिडिए रिपोर्ट तयार पार्नुभयो । डिडिए रिपोर्ट तयार भएसँगै विगतका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने योजनामुतावीक आन्तरिक लेखापरिक्षण गराउने कार्यको थालनी भयो । जसको लागि आन्तरिक लेखापरिक्षक नियुक्त गरियो । अहिले कोषाध्यक्ष श्रेष्ठ आगामी दिनमा आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा संघको लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक र पारदर्शी बनाउँदै संघलाई सँस्थागत गर्दै लैजान क्रियाशील हुनुहुन्छ ।

पहिलो पटक एनआरएनमा बजेट बनाएर खर्च गर्ने परिपाटीको शूरुवात

कोषाध्यक्ष श्रेष्ठले अहिले हरेक आर्थिक गतिविधीलाई पारदशी र ब्यवस्थित बनाउनको लागि आर्थिक नियमावली बनाएर नियमावलीअनुसार क्राइट एरियामा रही जथाभावी खर्च नगर्ने र बजेट बनाएर खर्च गर्ने परिपाटीको शूरुवात पनि गर्नुभयो । पहिलो पटक एनआरएनमा बजेट प्रस्तुत गर्ने परिपाटीको शूरुवात गर्नुभएको कोषाध्यक्ष श्रेष्ठले निर्वाचीत भएको तीन महिनामै संस्थाको आर्थिक प्रतीवेदन पनि सार्वजनीक गर्न सफल हुनुभयो । उहाँले संस्थालाई कसरी आर्थिक पारदर्शीता र उत्तरदायिपूर्ण बनाउने भन्ने विषयमा अहोरात्र खटेकै कारण अहिले संस्थाको आर्थिक स्थितिमा ब्यापक सुधार भइरहेको छ ।

१३ करोड ऋणमा रहेको संस्थामा अहिले करिव १० करोड हाराहारीमा रहेको र आगामी महाधिवेशनबाट उठ्ने शुल्कले कभरेज हुने विश्वास

तीन/तीन महिनामा वेभसाईटमार्फत आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने कार्यको शूरुवात

हरेक तीन /तीन महिनामै संस्थाको आर्थिक प्रतीवेदन पनि सार्वजनीक गर्न सफल हुनुभएको श्रेष्ठले आइसिसीको आर्थिक प्रतिवेदन सार्वजनीक गरेसँगै राष्ट्रिय समन्वय परिषद (एनसिसी ) हरुको समेत तीन /तीन महिनामा आर्थिक प्रतिवेदन गैर आवासिय नेपाली संघ केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिनुभयो । जसअनुसार सबै एनसिसीले आफनो प्रतिवेदन पठाए र सार्वजनीक भयो । स्मरण रहोस : संस्थामा पहिलो पटक यसरी तीन/तीन महिनामा वेभसाईटमार्फत आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने कार्यको शूरुवात गरिएको हो । संस्थामा आर्थिक स्थिति सुर्धान प्रयासरत कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन कडाईका साथ सार्वजनीक गर्न सफल हुँदै आउनुभएको छ । त्यस्तै, कोषाध्यक्ष श्रेष्ठले गत पौष मषान्तसम्को आर्थिक विवरण समेत शुक्रबार सार्वजनीक गर्नुभएको छ ।

सचिवालयालयलाई ब्यवस्थित

कोषाध्यक्ष श्रेष्ठले आर्थिक गतीविधीलाई ब्यवस्थितसँगै संघको सचीवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारी प्रशासन नियमावली बनाएर सचीवालयलाई ब्यवस्थित बनाउने कार्यको पनि शूरुवात गर्नुभएको छ ।

राष्ट्रिय समन्वय परिषदहरुको आर्थिक प्रतिवेदन कडाईका साथ सार्वजनीक गर्न सफल

कोषाध्यक्ष श्रेष्ठ सबै एनसिसीको आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कडाईका साथ पालना गर्न लागिपर्नुभएको छ । कोषाध्यक्ष श्रेष्ठकै पहलमा राष्ट्रिय समितिहरुमा अनिवार्य रुपमा एक स्वतन्त्र लेखा समिति गठन गरेर हरेक राष्ट्रिय समितिले अनिवार्य रुपमा एक आर्थिक प्रशासन निमावली बनाउनुपर्ने ब्यवस्था गराउन सफल हुनुभएको छ । एनसिसीहरुले हरेक ४ महिनामा आन्तरिक लेखा परिक्षण गरेर पारित गरि अनीवार्य रुपमा आर्थिक विवरण आइसिसीमा पेश गर्नुपर्ने बाध्यकारी ब्यवस्था समेत गर्न कोषाध्यक्ष श्रेष्ठ सफल हुनुभएको छ ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार सो नियमावलीमा खर्च कसरी गर्ने, खरिद कसरी गर्ने, अध्यक्ष, कोषाध्यक्षले कती रकम सम्म खर्च गर्न सक्नेलगायतका विषय स्पष्ट उल्लेख गर्नुपर्नेछ । नियमावलीमा उल्लेख भएबमोजीम एनसिसीले खर्च गर्न पाउँनेछ । एनसिसीमा मनोमानी रुपमा खर्च नहोस र आर्थिक अनुशासन तथा पारदर्शीता कायम होस भन्ने उद्देश्यले आर्थिक प्रशासन नियमावली अनीवार्य गरेको कोषाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । संघको संशोधीत विधानमै हरेक राष्ट्रिय समितिहरुले तीन /तीन महिनामा आफनो आर्थिक रिर्पोट बनाएर सचिवालयमा पठाउनुपर्ने वैधानीक ब्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

संस्थाको ’एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी  दर्ता भएको छ भने एनआरएनए फाउन्डेसन निर्माण हुँदैछ । साथै पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायवाट सहयोग प्राप्त हुनुले संघको गरिमा र साख थप बढेर गएको छ ।

’एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी  दर्ता

त्यस्तैगरि, संघले ’एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गराउन सफल भएको छ । लामो समयको अथक प्रयासपछि एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएसँगै अब संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभ उठाउन सक्नेछन् । जसले गर्दा संंघको आम्दानीको स्रोत समेत बढेको छ । अब फन्डको नाफाको १ प्रतिशत संघको आम्दानीमा जोडिने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । साथै अन्य एनआरएनसँग जोडिएका विभिन्न कम्पनीसँग नाफाको १ प्रतिशत संघको आम्दानीमा जोड्ने र आम्दानीको स्रोत बढाउने प्रयास भइरहेको छ । एअरलायन्स, होटल रेष्टुरेन्ट, हस्पिटल, सुपर मार्केटबाट पनि आम्दानीको स्रोत बढाउनको लागि आवश्यक गृहकार्य भइरहेको छ ।

‘एनआरएनए फाउन्डेसन’

त्यस्तै, संघले आर्थिक संकलनलाई ब्यवस्थित गर्न फाउन्डेसनको निर्माण गर्दैछ । कोषाध्यक्ष श्रेष्ठका अनुसार ‘एनआरएनए फाउन्डेसन’को लागि विधान पास भइसकेको छ । आगामी दुई हप्ताभित्रै फाउन्डेसन निर्माण भइसक्नेछ । फाउन्डेसन निर्माणसँगै अब आर्थिक सहयोग संकलनमा संघको संरचना खडा हुने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायवाट सहयोग प्राप्त

संघलाई अन्तराष्ट्रिय श्रमीक संगठन (आइएलओ ) ले १० करोड अनुदान सहयोग प्रदान गरेको छ । सो सहयोगको लागि विशेष गरि विज्ञ ब्यक्तीत्वहरुको महत्वपूर्ण योगदान रहे पनि संस्थाको आर्थिक लेखा प्रणाली पनि एक हो । संस्थामा आर्थिक स्थिति र लेखा प्रणाली राम्रो भएकै कारण पनि पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायवाट सहयोग प्राप्त भएको कोषाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । साथै श्रेष्ठ अन्तराष्ट्रिय मापदण्ड अनुरुपको लेखा प्रणाली तथा आर्थिक अनुशासन र आर्थिक पारदर्शिता कायम भएसँगै आगामी दिनमा पनि थप अन्तर्राष्ट्रिय दातृ निकायहरुवाट यस्तै सहयोगहरु प्राप्त गर्न सक्ने बाटो खुला भएकोले आइएलओ प्रोजेक्टलाई सफल बनाउनुपर्नेमा जोड समेत दिनुहुन्छ ।

हरेक एनसिसीहरुले हरेक ४ महिनामा आन्तरिक लेखा परिक्षण गरेर पारित गरि अनीवार्य रुपमा आर्थिक विवरण आइसिसीमा पेश गर्नुपर्ने बाध्यकारी ब्यवस्था, राष्ट्रिय समन्वय परिषदहरुको आर्थिक प्रतिवेदन कडाईका साथ सार्वजनीक गर्न सफल

आर्थिक पारदर्शीताको सवालमा यूएईको विषयमा प्रश्न उठेकाले उच्चस्तीय छानबीन समिति बनाएर आवश्यक छानबीन भइरहेको बताउँदै छानबीनमा कोही दोषी देखिए कारवाही हुने उहाँले बताउनुभयो । संस्थामा अगाडि बढ्ने विषयमा विवाद आउँदैमा गत्यारोधको अवस्था सृृजना गर्ने नभई विधी र प्रक्रियाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिर्दै श्रेष्ठले राम्रोलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डीत गर्ने गरि अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।

कोभिड -१९ मा उल्लेख्य योगदान

त्यस्तै, कोभिड १९ को महामारीमा विश्वभरिबाट कोषाध्यक्ष श्रेष्ठको नेतृत्वमा राहत संकलन गरिएको थियो । सो राहत वितरण प्रणालीलाई पनि ब्यवस्थित बनाइएको छ । हालसम्म कोभिड–१९ प्रभावित नेपाली श्रमिकहरुको राहत तथा उद्दारमा २३ करोड बजेटको खर्च विवरण सार्वजनिक गरिसकिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । संघले अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड बराबरको रकम परिचालन गरेकोमा सोको खर्च विवरण सार्वजनिक गरिसकेको उहाँले बताउनुभयो ।

संस्थाको ऋण घटाउन प्रयासरत

१३ करोड ऋणमा रहेको संस्थामा अहिले करिव १० करोड हाराहारीमा रहेको र आगामी महाधिवेशनबाट उठ्ने शुल्कले कभरेज हुने पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठले आफनो नेतृत्वमा संस्थाको आर्थिक स्थितिलाई सही ट्रयाकमा ल्याउने काम भएकाले आगामी दिनमा जो ब्यक्तीहरु आए पनि नियमीत कामबाहेक अन्य काममा समस्या नहुने बताउनुभयो । आगामी दिनमा विभिन्न ८ वटा डिपार्टमेन्टमार्फत सबैले आफनो काम गरेमा संस्थालाई अगाडि बढाउन समस्या नहुने उहाँको भनाइ छ । तर अब आउने उपाध्यक्षहरु सक्षम र राम्रो तथा काम गर्न सक्ने आएमा मात्र संस्थालाई अगाडि बढाउन सकिने उहाँको तर्क छ ।


प्रकाशित | २७ चैत्र २०७७, शुक्रबार १८:०५