निर्वाचनको विषयलाई लिएर एनआरएनए अमेरिकामा चर्कीयो विवाद, विशेष साधारण सभा बोलाउन माग

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकामा संस्थापन पक्षले निर्वाचनको मितीसहित निर्वाचनसम्बन्धी कार्यतालीका घोषणा गरिरहँदा अर्को पक्षले विधी र प्रक्रियाविपरीत गएको भन्दै गम्भिर असहमति जनाएको छ । आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्ष्ण लामिछानेले संस्थापन पक्षले एकलौटी ढंगले विधी र विधान विपरीत निर्वाचन कार्यतालीका सार्वजनीक गरेको भन्दै गम्भिर असहमती जनाउनुभएको हो ।

उम्मेदवार लामिछानेले निर्बाचन तालिका प्रकाशन पुर्व गर्नुपर्ने केहि नीतिगत र प्रकृयागत कार्यहरु पुरा नगरी हतार हतारमा निर्बाचन सम्बन्धी काम कारवाही शुरुवात गर्नुको पछाडीको नियत ठिक नभएको भन्दै आपत्ति जनाउनुभयो । यसअघि निर्वाचन कमिटिले एनआरएनए अमेरिकाको निर्वाचन मे महिनाको अन्तिम अर्थात मे २९ र ३० का दिन घोषणा गरेको थियो ।

‘निर्वाचन निर्वाचनको लागी मात्र होईन, यसले संस्था स्वंयम र सिंगो समाजलाई सहि गति दिने काम गर्दछ। तर, यहॉं त त्यसको अलवा ठिक बिपरित मनोपली तबरबाट बिधी, पद्धति र बिधमान ब्यबस्थालाई एकातिर लत्याउँदै अगाडी जाने जुन कोशिशहरु नेपथ्यमा बसेर गरिदै छ, त्यसको बिरुद्ध एकजुट हुन म सम्बन्धित सबै सदस्यलाई बिनम्रमता पुर्वक हार्दिक अनुरोध गर्दछु’, लामिछानेले भन्नुभयो ।

‘आइसिसीको परिमार्जित बिधानले दिएको निर्देशनको मातहतमा रहि गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिकाको बिधान २०२० को दफा ९० मा भएको ब्यबस्था अनुसार यथाशीघ्र विशेष साधारण सभा बोलाउन हार्दिक अपील गर्दछु’, लामिछानेले भन्नुभएको छ, ‘विशेष साधरण सभाबाट तयार हुने नयॉं मापदण्डको आधारमा आगामी निर्वाचनमा जॉंदा अहिले देखिएको धेरै समस्याहरु स्वत नै निबारण साथै समाधान हुनेछ भन्ने बिशेष अनुरोध गर्दछु।’

आइसिसी सदस्यता भेरिफिकेसन समितिलाई एनसिसी अमेरिकाको सदस्यता निष्पक्ष रुपमा भेरिफिकेसन गर्न, थर्ड पाटीमार्फत निर्वाचनको प्रक्रिया र विश्वसनीयताको जाँच गर्न र आइसिसीको मापदण्डअनुसार एमआइएस सिस्टममा निर्वाचन गराउनको लागि विशेष साधारणसभाको माग

निष्पक्ष, पारदर्शी र बिश्वसनिय ढंगबाट निर्वाचन सम्पन्न गर्ने प्रमुख दायित्व बर्तमान कार्यसमिति, सदस्यता भेरिफिकेसन समिति, निर्बाचन समिति र सबै आजिबन तथा साधरण सदस्यहरुको भएको बताउँदै लामिछानेले नेपाल सरकारबाट भर्खरै मात्र गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय  समन्वय परिषदको संशोधित बिधान प्रमाणिकरण भएर आएको अहिलेको परिपेक्ष्यमा उक्त संशोधित बिधानले ब्यबस्था गरेको मापदण्डलाई अंगीकार र स्वीकार्दै त्यसले निदृष्ट गरेको बिधि र प्रकृयालाई पालना गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

लामिछानेले आइसिसी सदस्यता भेरिफिकेसन समितिलाई एनसिसी अमेरिकाको सदस्यता निष्पक्ष रुपमा भेरिफिकेसन गर्न, थर्ड पाटीमार्फत निर्वाचनको प्रक्रिया र विश्वसनीयताको जाँच गर्न र आइसिसीको मापदण्डअनुसार एमआइएस सिस्टममा निर्वाचन गराउनको लागि विशेष साधारणसभाको माग गरिएको बताउनुभयो ।


प्रकाशित | २६ चैत्र २०७७, बिहीबार ०९:२८