शिवाकोटी बंश अध्ययन प्रतिष्ठानद्धारा ज्येष्ठ सदस्य भगिरथा शिवाकोटीलाई सम्मान

झापा – शिवाकोटी बंश अध्ययन प्रतिष्ठानले बंशकै जेष्ठ सदस्य १३ पुस्ताकी ९३ वर्षीय भगिरथा शिवाकोटीलाई सम्मान गरेको छ । झापा सुरुङ्गगास्थित कालिमुडामा नवनिर्मित कालिनाग मन्दिर परिसरमा सो सम्मान गरिएको हो ।

झापाका संयोजक सुजन शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण शिवाकोटी (दोलखा), विशेष अतिथि शिवाकोटी झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धुर्वप्रसाद शिवाकोटी, क्षेत्रीय सदस्य श्रीप्रसाद शिवाकोटी र मन्दिर निर्माण समितिका अध्यक्ष गोपाल शिवाकोटीले जेष्ठ नागरिकको सम्मानले समाजमा सकरात्मक परिवर्तन ल्याउने बताउनु भयो ।

No description available.

सम्मानित भागिरथा शिवाकोटीका परिवारको तर्फबाट निजका छोरा कुमार शिवाकोटीले धन्यवादसहित आभार व्यक्त गर्नु भएको थियो ।

शिवाकोटी बंश अध्ययन प्रतिष्ठानको सम्मान गर्ने अभियान २०७८ को समापन गर्दै केन्द्रीय संयोजक बद्रीप्रसाद शिवाकोटीले समानित २८ जना व्यक्तित्वको परिचय दिदैं यो अभियान आगामी वर्ष पनि निरन्तर जारी राख्ने बताउनु भयो ।

सो अवसरमा सम्मानित व्यक्तित्वका तस्बिर समेत प्रदर्शन गरिएको थियो । २०७८ मा ९० बर्षमथिका शिवाकोटी बंशका १९ जना महिला, ९ जना पुरुषको समान गरिएको, त्यस मध्ये ६ जनाको स्वर्गबास भइसकेको पनि जानकारी गराइएको थियो । यो अभियान २०७९ मा पनि निरन्तर चलिरहने केन्द्रीय संयोजक बद्री प्रसाद शिवाकोटीले जानकारी दिनु भयो । यो अभियानमा आर्थिक सहयोग गर्ने राम शिवाकोटी र रामकृष्ण शिवाकोटी प्रती कृतज्ञता प्रकट गरिएको थियो ।

No description available.


प्रकाशित | ८ माघ २०७८, शनिबार १४:२४