विपद् जोखीम न्यूनीकरण सम्बन्धी तालिमका लागि सूर्यविनायक,कागेश्वरी र चन्द्रागिरीका मेयर जापान प्रस्थान

काठमाडौं : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी तालिममा सहभागि हुन उपत्यकाका तीन जना मेयर जापान प्रस्थान गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is letter-708x1024.jpg

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ((जाईका)) को आयोजनामा हुने तालिममा भाग लिन सूर्यविनायकका मेयर बासुदेव थापा, कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्की र चन्द्रागिरीका मेयर घनश्याम गिरी जापान प्रस्थान गर्नु भएको हो ।

तालिमका लागि उपत्यकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगर, सूर्यविनायक, कागेश्वरी र चन्द्रागिरी नगरपालिकाका मेयरहरुलाई छनौट गरेको थियो ।

This image has an empty alt attribute; its file name is 4-2-1024x683.jpg

सो भ्रमणको सबै खर्च नेपाल सरकार र कुनै पनि स्थानीय तहले ब्यहोर्नु नपर्ने गरि जाईकाले नै ब्यवस्थापन गरेको छ । भ्रमण फेब्रुअरि २५ तारिखदेखि ११ मार्चसम्म हुनेछ ।

This image has an empty alt attribute; its file name is bachan-deuja-1024x640.jpg

प्रकाशित | १३ फाल्गुन २०७९, शनिबार १८:२९