राप्रपा र सरकारबीचको वार्ता बिनानिस्कर्ष टुंगियो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा नेतृत्वको राप्रपा र सरकारबीचको वार्ता बिनानिस्कर्ष टुङिगएको छ। धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत रापपासँग आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बार्ता भएको थियो । वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो। छलफलबाट निस्कर्ष निस्कन नसकेकोले सरकारसँग एक हप्ताभित्रै अर्को छलफल हुने गरी आजको वार्ता स्थगीत गरिएको हो । वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १७:३०