एनआरएन र नेपाल सरकारबीच १० अर्बको लगानी भित्याउने सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं -गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल भित्याउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघले यसअघि नै घोषणा गरे पनि औपचारिक सहमतीपत्रमा हस्ताक्षर भने आज भएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल सरकारका प्रतिनिधिबीच सो सहमतीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनको अन्तिम दिन आज सो सहमतीपत्रमा हस्ताक्षर भएपछि गैर आवासीय नेपालीको लगानी भित्रने थप सुनिश्चित बनेको छ ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १७:५६