मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्तको संस्थागत स्थायित्व कायम हुने सभापति देउवाको विश्वास

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मकको संस्थागत स्थायित्व कायम हुने विश्वास ब्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम हुने विश्वास ब्यक्त गर्नुभएको हो ।

सभापति देउवाले भन्नुभएको छ, ‘नयाँ वर्षले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’ सभापति देउवाले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभयो ।

नव वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उहाँले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको समेत बताउनुभएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ०७:४५