माधव नेपालको प्रश्नः हामी केपी ओलीले फालेर फालिने मान्छे हौ ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी ओलीले फालेर नफालिने नेता रहेको दाबी गर्नु भएको छ । आज काठमाडौँ जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीसँग मिल्ने कुनै अवस्था नरहेको पनि दाबी गर्नु भएको हो ।

उहाँले एमालेका आफूभन्दा तलका सबै नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको पनि उल्लेख गर्नु भयो ।

उहाँले आफैँ लागेर पार्टीलाई यहाँसम्म ल्याएको दाबी गर्नु भयो । नेता नेपालले पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गर्नु भयो ।


प्रकाशित | २२ चैत्र २०७७, आईतवार १६:५१