शून्य लागतमा नेपाली नर्सलाई बेलायत पठाउने बाटो खुल्यो

काठमाडौं – नेपाल र बेलायतका पदाधिकारीबीच नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा सोमबार नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशिक्तको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

समझदारी पत्रमा बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था गरिएको छ । समझदारी पत्रमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (जिटुजी) प्रक्रिया बमोजिम गरिने उल्लेख गरिएको छ ।


प्रकाशित | ६ भाद्र २०७९, सोमबार १७:०६