पशुपति छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

महोत्तरी : जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा बिहान साढे पाँच बजेतिर विद्युत् सट भई आगलागी भएको हो।

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जलेश्वर नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको हो । आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेसिन, छापाखानाको ठूलो र सानो मेसिन, कागजपत्र, स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित ३० लाख बराबरको सरसामान जलेर नष्ट छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १०:१४