मिस वर्ल्डमा अुनष्कालाई धेरै भन्दा धेरै भोटको आवश्यक: भोट गर्न के गर्ने ?

लन्डन : डिसेम्बरमा १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई धेरै भन्दा धेरै भोटको आवश्यक परेको छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठलाई धेरैभन्दा धेरै भोटको आवश्यक परेको हो । लन्डनमा रहनु भएको अनुष्कालाई पहिलो चरणमा मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको हो । अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ ।

Here are the voting details!!! Please show your support on:
1. The official Facebook page Miss World – Nepal
2. The official Instagram page @anshkashrestha
3. Mobstar
4. Vote for  www.missworld.com

Voting details!!! #NepalforMissWorld2019??????

Posted by Miss World – Nepal on Thursday, 28 November 2019

जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ ।


प्रकाशित | १३ मंसिर २०७६, शुक्रबार ०७:५२