‘नेकपा विभाजनको अन्तरकथा’

भक्त वाग्ले

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा चलेको नेकपा एमाले नै थियो । विडम्बना ! नेकपा बनेपछि एमाले संस्कृति जोगिएन।विचारका दृष्टिले दुवै पार्टीमा जनताको बहुदलीय जनवादको सारमा कुनै तात्विक अन्तर थिएन। तर त्यसलाई नेकपा पंक्तिले खुला हृदयले आत्मसाथ गर्न नसक्दा समग्र पार्टीपंति दिशा बिहिन आकाशमा उडी रहेको जहाज बन्न पुगेको थियो। त्यति मात्रै हैन पार्टीप्रमुख प्रतिको अपमानजनक ब्यबाहार र पदलोलुप चरित्रले पार्टीलाई अन्तहीन द्वन्द्वतर्फ धकेल्यो । इगो, प्रतिइगो र मूल नेतृत्वलाई असहयोग गर्ने मनोरोगले पार्टीको पहिलो पंक्तिलाई नराम्रोसँग गाँज्यो । नेकपाभित्र निर्णायक स्थानमा रहेको एमाले फ्याक्टरको सन्तुलन बिग्रँदा समग्र पार्टी नै अनिश्चितताको भुमरीमा फस्न पुग्यो । यही भुमरीले पार्टी (नेकपा) लाई अन्ततः सग्लो रहन दिएन ।

बिगत लामो समय ३४ वर्षदेखि लगातार एकल नेतृत्व हावी रहेको माओवादी केन्द्र अनेकौँ माग,ईच्क्षा आकांक्षा,संकुचन, र अनुमानका मनोगत भावनाको साथ एकतामा सामेल भएको थियो भन्ने कुरा पार्टी एकताको आलोकमा देखापरेका बिभिन्न परिदृष्यहरुले पुष्टी गरेको पाईन्छ। ।न सुसंस्कृत सांगठानिक अनुभव, न स्पष्ट वैचारिक धरातल भएको तत्कालीन माओवादी केन्द्रले जनमत र जनाधार भन्दा कैयौँ गुणा बढी हिस्सा लिएर एकतामा सामेल हुँदा पनि त्यसलाई जोगाउन पूर्ण रुपमा असफल हुनुको मुलभुत कारण अध्यक्ष प्रचण्डको आफूलाई एकल प्राधिकार ठान्ने मनोवैज्ञानिक प्रबृती र सोंच नै थियो। जुन प्रबृती नै पार्टी भित्रको चरम संकट र बिभाजनको प्रमुख कारण बन्न पुग्यो।

खासगरी, एकताको समयमा एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी पक्षबाट, अझ स्पष्ट भाषामा भन्नु पर्दा पार्टी अध्यक्ष कमरेड प्रचण्डबाट पार्टी एकतालाई सार्थक बिन्दुमा पुर्याउनको लागी बनेको अन्तरिम बिधानको मुलमर्म “सहमति” लाई कुल्चेर गुटगत समिकरणको आलोकमा बहुमतको कार्ड अत्यधिक प्रयोग भयो । अध्यक्ष ओलीविरुद्ध पार्टीभित्रै समीकरण बनाएर मोर्र्चाबन्दी गरेको एक होइन, अनेक दृष्टान्त सतहमा छताछुल्ल भैसकेपछि राजनितिक हिसाबले पार्टी बिभाजन भई फरक फरक कार्यक्रम अनुसार पार्टी अगाडी बढी रहँदा अदालतको फैसलाले दुबै पार्टीलाई पुरानै हैसियतमा कायम गराई दिए पश्चात “खेलेर जितिँदो रहेनछ, आफ्नै खुट्टमा भर पर्नु पर्दोरहेछ”भन्ने कमरेड प्रचण्डको स्वीकारोक्तिले पार्टी बिभाजनको मुख्य कारक तत्व प्रचण्ड नै भएको तथ्यलाई पुष्टि गरेको छ।

यसखाले,नेकपा विघटन र बिर्सजनको परिघटनाहरुले क्षितिजमाअनेकौं प्रश्नहरु उठान गरी अनगिन्ती प्रतिगमित प्रवृत्तिहरुको उजागर गरिरहदा, वामपन्थी जनमत र समग्र देशका लागि तत्काल केही क्षति पुगेता पनि षडयन्त्र र अस्वाभाविक प्रबृतीको कालो बादलभित्र चाँदीको घेरा भने देखिन सुरु भइसकेको छ ।

वास्तवमा भन्नु पर्दा तत्कालीन नेकपाभित्र संघर्ष र रूपान्तरणलाई सही अर्थमा आत्मसाथ गर्र्न नसक्दा यस खालको दुर्दशा निम्तियको थियो। मूलतः एमालेभित्रको अन्तरविरोधमा खेलेर एकता महाधिवेशनअगावै नेतृत्व हत्याउने खेल जब थालियो, त्यही बिन्दुबाट पार्टीमा बिग्रहको बिजारोपण भयो।

दुई अध्यक्षको आपसी समझदारी र सहमतिमा दस्तावेज ल्याउनुपर्ने वैधानिक व्यवस्थालाई लत्याएर जब तात्कालिन नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका विरुद्ध अभियोग पत्र दर्ज गरियो, त्यही बिन्दु बाट निषेधको यात्रा आरम्भ भयो। यो अभियोग पत्र जानिबुझी “बम्बार्ड द हेडक्वार्टर” को अर्थमा ल्याइएको भनेर प्रचण्डले दिनुभएको अभिव्यक्ति, “संघर्ष, रूपान्तरण र अग्रगमन”नभै नेत्तृत्वबध र निषेधको पक्षपोषक थियो फलस्वरुप स्वस्थ्य प्रतिष्प्रधात्मक संघर्ष, रूपान्तरण र अग्रगमन ले एकता मजबुत पार्नु पर्ने सूत्रलाई लत्याएर माओवादी फ्याक्टरले स्वार्थकेन्द्रित निषेधको बाटो रोज्नु नै नेकपा विघटनको मूल कारण हो भन्ने स्पष्ट हुन आएको छ। बेला बेलामा “मेरै कारण सबै बने, मैले नै सबैलाई बनाएँ, म त त्यागी ब्यक्तित्व पो हुँ त” भन्ने खालका अभिव्यक्ति दिने, तर पद, पैसा र पावर आफ्नै वरिपरि मात्रै घुमाई रहने प्रचण्ड प्रवृत्ति समयक्रममा उदांगिएको छ । ०७४ को आमनिर्वाचनमा एकातर्फ एमालेसँग वाम गठबन्धन बनाएर एउटै घोषणापत्रमा चुनाव लड्ने, तर अर्कोतर्फ चुनावपछि एमालेबाहेकको सरकार (कांग्रेस, माओवादी केन्द्र र तराईकेन्द्रित पार्टी सम्मिलित) बनाउन दुई महिना कसरत गर्ने प्रचण्डको धोकेबाज शैली नै समग्र विध्वंसको कारक हो भन्ने तथ्य पुनः एकपटक स्थापित भएको छ । तसर्थ, स्वार्थका पुलिन्दा बोकेर, अरूलाई पछार्न खोज्दा आफू पछारिएको सत्य प्रचण्ड र माओवादी फ्याक्टरले जति छिटो बुझ्नेछ, एकताको नयाँ ढोका त्यति नै छिटो खुल्नेछ ।

लेखक भक्त वाग्ले : प्रवासी नेपाली एकता मञ्च फ्रान्सका अध्यक्ष र एनआरएनए फ्रान्सका भुतपुर्व अध्यक्ष पनि हुनुहुन्छ।


प्रकाशित | १८ चैत्र २०७७, बुधबार १६:५०