पूर्वप्रधानमन्त्री माधव नेपाल डिस्चार्ज

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल त्रि.वि. शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना हुनुभएको थियो । ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उहाँलाई औपचारिक कार्यक्रम तथा भेटघाट बन्द गरी एक हप्ता आराम गर्न चिकित्सकको टोलीले सुझाव दिएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार २०:३६