एउटा खाताबाट दुई जना भन्दा बढीको सदस्यता शुल्क जम्मा नगर्न एनआरएनए जापानको अपिल

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले , सदस्यता आवेदन दिँदा एउटा बैंक एकाउन्टबाट बढीमा २ जनाको मात्र सदस्यता शुल्क जम्मा गर्न आग्रह गरेको छ । एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै एउटै खाताबाट २ जनाभन्दा बढी व्यक्तिहरुको सदस्यता शुल्क जम्मा गरिएको पाईएकाले त्यसो नगर्न सचेत गराएको हो ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले एकै खाताबाट २ जनाभन्दा बढीको सदस्यता आवेदन शुल्क मान्य नहुने भएकाले तोकिएको नियमभित्र रही सदस्यता आवेदन दिनका लागि अनुरोध गरिएको बताउनुभयो ।


प्रकाशित | ५ चैत्र २०७७, बिहीबार ०८:५५