मेलम्चीको पानी यो सरकारले मात्र ल्याएको हैनः सांसद राजेन्द्रकुमार केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी यो सरकारले मात्र ल्याएको भन्न नमिल्ने बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताउनु भएको हो ।
३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको केसीको भनाइ छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याई वितरण गर्ने योजना अनुसार गत चैत १५ गतेदेखि परीक्षणका रुपमा पानी वितरण सुरु गरिएको छ ।


प्रकाशित | १८ चैत्र २०७७, बुधबार १६:१९