खोपको व्यवस्थापन भइरहेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्थापन भइरहेको जनाएको छ । साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने मन्त्रालयले जनाएको हो ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।

मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सबेले खोप लाउन पाउने बताउनु भएको छ ।

कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने मन्त्रालयको योजना छ ।


प्रकाशित | २ श्रावण २०७८, शनिबार ०९:३६