तक्मेबुढाको ‘सेवारो नमस्ते‘ (भिडियो )

काठमाडौं : हास्य अभिनेता विल्सन बिक्रम राई (तक्मेबुढा) ‘सेवारो नमस्ते‘।’ बोलको गीत सार्वजनीक गरेका छन् । यो गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ । दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियालाई हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन् । भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन् । भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन् । भिडियोमा बसेलकै कोरियोग्राफी छ ।

नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बु गीत्हरुको एल्बमको संख्या नै आधा दर्जनभन्दा बढि छ । ब्रबिमले तीन दर्जनभन्दा बढि नेपाली गीत समेत रेकर्ड गराइसकेका छन् ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार ११:०२