मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनीक (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । नेपाल सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले असोज ८ गते र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकमा भएका विभिन्न २५ निर्णय सार्वजनीक गर्नुभएको हो ।

सो अवसरमा मन्त्री ज्ञवालीले सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्था नरहेको भन्दै सचेत रहन पनि आग्रह गर्नुभएको छ । ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढिरहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोरोनाको जोखिम कम भएर नभई जीवन र जिविकाबीच सन्तुलनको आवश्यकताका कारण धेरै क्षेत्र खुला गरेको बताउनुभयो । उहाँले पीसीआर रिपोर्टका लागि बाध्य नबनाउन काठमाडौंका घरधनी र औद्योगिक प्रतिष्ठानलाई आग्रह पनि गर्नुभयो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय :-


प्रकाशित | १२ आश्विन २०७७, सोमबार १९:०५