संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन छिट्टै अन्त्य गर्ने तयारी थालेको छ । विपक्षी दलहरुले आफैले विघटन गरेको संसद पुनर्स्थापित भएकाले प्रधानमन्त्रीले नैतीकताको आधारमा राजीनमा दिनुपर्ने माग गरिरहँदा सरकारले चाडै संसद अधिवेशन अन्त्य गर्ने तयारी थालेको हो ।

नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसद अधिवेशन अन्त्य गर्ने जानकारी दिनुभएको हो । एमाले संसदीय दलको आजको बैठकमा सांसदहरुसँग बजेटका विषयमा सुझाव मागिएको छ ।


प्रकाशित | १३ चैत्र २०७७, शुक्रबार २०:०५