कोरोना महामारी बारे आयरल्याण्डबाट नेपाली चेली सृजना लामाको सन्देश

यो रोग फैलनुको मुख्य कारण घरबाहिर निस्केर विभिन्न ब्यक्तीहरुसँग घुलमिल हुँदा नै हो । त्यसैले विश्वभरि कोरोना महामारीको रुप लिइरहेको अवस्थामा कम्तीमा घरभित्रै बसेर कोरोना महामारीको रुपमा फैलन नदिनु तपाई हामी सबैको कर्तब्य हो । कोरोना आफैमा सर्दैन तर  अत्यावश्यक कामबाहेक घरबाहिर गएर कोरोनालाई प्रवेश गर्न पनि दिनु हुँदैन भन्ने कुरा हामीले बुझनुपर्छ । किनकी हामी एक जना मात्र घरबाहिर निस्केर त्यो रोग ल्यायौ भने त्यसले घरपरिवार सबैलाई सार्छ । त्यसकारण तपाई एक जनाको गल्तीले घरपरिवारको अन्य सदस्यलाई पनि रोग सार्ने काम नगर्नुहोला । 

सृजना लामा

कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको छ । विश्वका शक्तीशाली मुलुकहरु समेत कोरोना भाइरस विरुद्धको लडाई लडीरहेका छन् । सबैभन्दा पहिला कोरोना भाइरस फैलिएको चीनले कोरोना विरुद्धको युद्धमा सफलता हात पारिसकेको छ । यद्यपी चुनौती अझै बाँकि छ । विश्वका शक्तीशाली मुलुकहरु जस्तै आयरल्याण्ड पनि कोरोना भाइरसबाट अछुतो रहन सकेको छैन । यहाँको सरकारले कोरोना भाइरस फैलीन नदिन र महामारीको रुप आउँन नदिनको लागि ठूलो पूर्व तयारी गरिरहेको छ । जनता आफै सचेत छन् ताकी कोरोना भाइरस के हो ? यो कसरी सर्छ र यसको उपचार विधी के हो ? भन्ने जस्ता कुरामा अधिकांश यहाँका जनताको चेतनास्तर माथि भएको कारण सबै जनाले कोरोना विरुद्धको लडाईमा विजयी हुनको लागि घरभित्रै बसेका छन् ।

सरकारले औपचारिक रुपमा केहि दिन अघि मात्र लकडाउन गरे पनि महिनौअघि देखि जनताहरु घरबाहिर निस्कीएका छैनन । म आफै पनि मार्च १२ तारिखदेखि घरभित्रै बसिरहेको छु । म जस्तै आयरल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण  दाजुभाई दिदी बहिनीहरु पनि घरभित्रै सुरक्षीत साथ बसिरहनु भएको छ । यहाँ करिव २ हजार नेपालीको बसोबास रहेको छ । अहिलेसम्म कोही पनि नेपाली कोरोना भाइरस संक्रमीत हुनु भएको छैन ।

यहाँ लकडाउनको कारण अत्यावश्यक कामको लागि घर बाहिर निस्कदा कम्तिमा दुई मिटरको दूरीमा रहेर निस्कन पाइने गरि सरकारले नियम बनाएको छ । जस्तो, कुनै सामान लिनको लागि जाँदा दुई मिटरको लाईमा बसेर किन्नुपर्छ भने घरको वरिपरि बस्दा कम्तिमा २ किंलोमिटरको आसपासमा मात्र बस्न पाइन्छ ।

कोरोनाको कारण प्रभावीत जनताको लागि यहाँको सरकारले धेरै राम्रो काम गरेको छ । यहाँको सरकार जनताप्रति यती इमानदार र जिम्मेवार छ कि आफना घरपरिवारका सदस्यलाई हामी जसरी माया गर्छौ त्यसरी नै जनताप्रतिको माया सरकारले दर्शाइरहेको देखिन्छ । आयरल्याण्ड सरकारले जनतालाई कुनै पनि चीजको अभाव हुन नदिन तथा जनतालाई समस्या पर्न नदिन राहत प्याकेजको रुपमा विभिन्न किसिमबाट सहयोग गरिरहेको छ । यहाँ लामो समयसम्म पनि घरभित्रै बस्नुपर्ने अवस्था आयो भने पनि जनता खानको लागि समस्यामा पदैनन जस्तो लाग्छ । किनकी जनताको लागि धेरै काम सरकारले गरेको छ जुन यहाँ बस्ने हरेक आयरल्याण्डबासीले महसुस गरिरहेका छन् ।

ब्यक्तीगत हिसावले आयरल्याण्डमा बसे पनि आफनो सबै मन भने आफनो मातृभूमी मै छ । आफनो घरपरिवार, आफन्त, इष्ट मित्रहरुसँग दैनीक फोन गरेर आफनो दैनीकी बिताउने गरेकी छु । जेहोस आयरल्याण्डमा बसोबास गर्ने नागरिकले यस्तो कठिन संकटको अवस्थामा त यती धेरै सुविधा सरकारबाट पाइरहेको देख्दा सोच्ने गर्छु, हाम्रो मुलुक पनि आयरल्याण्ड जस्तो कहिले बन्ने होला ?

नेपालमा पनि सरकारले कोरोना भाइरस नियन्त्रणको लागि भन्दै एक सातादेखि लकडाउन लगाएकोमा खुसी लागेको छ । किनकी कोरोना भाइरसको मुख्य औषधि भनेको नै घरभित्रै सुरक्षीत बस्ने हो । यो रोग फैलनुको मुख्य कारण घरबाहिर निस्केर विभिन्न ब्यक्तीहरुसँग घुलमिल हुँदा नै हो । त्यसैले विश्वभरि कोरोना महामारीको रुप लिइरहेको अवस्थामा कम्तीमा अत्यावश्यक कामबाहेक घरभित्रै बसेर कोरोना महामारीको रुपमा फैलन नदिनु तपाई हामी सबैको कर्तब्य हो । कोरोना आफैमा सर्दैन तर घरबाहिर गएर कोरोनालाई प्रवेश गर्न पनि दिनु हुँदैन भन्ने कुरा हामीले बुझनुपर्छ । किनकी हामी एक जना मात्र घरबाहिर निस्केर त्यो रोग ल्यायौ भने त्यसले घरपरिवार सबैलाई सार्छ । त्यसकारण तपाई एक जनाको गल्तीले घरपरिवारको अन्य सदस्यलाई पनि रोग सार्ने काम  नगर्नुहोला । यो रोग लागीसकेपछि तपाई जतिसुकै आर्थिक सम्पन्नता भए पनि केहि हुनेछैन । त्यसैले सबैभन्दा ठूलो कुरा रोग लाग्न नदिनु र आवश्यक सावधानी अपनाउनु नै हो ।

लकडाउन लामो समयसम्म हुँदा घरभित्रै बस्न पट्यार पनि लाग्न सक्छ । तर ज्यान भन्दा ठूलो कुरा अरु केहि हुन सक्दैन भन्ने तपाईले बिर्सन हुँदैन । घरभित्रै बसेर पनि २४ सौ घन्टा सामाजीक सञ्जाल र समाचार हेर्न अनलाइनमा मात्र नबसी घरपरिवारका सदस्यहरुसँग हाँस्ने, रमाउने, हसाउने, मनोरञ्जन गर्ने, रचनात्मक काम गर्ने बानी बसाल्नुपर्छ ताकी दिमागलाई फ्रेस बनाइ राख्न सकियोस । तर सधैभरि सामाजीक सञ्जालमा मात्र झुण्डीदाँ त्यसले मानसिक स्वास्थ्यमा असर पर्न सक्नेतर्फ सचेत हुनुपर्छ । अहिलेको विश्वभरिको मुख्य समाचार भनेकै कोरोना भाइरस भन्दा छैन । समाचार हेर्न थाल्यो यो देशमा यती संक्रमण यतीको मृत्यु भयो भन्ने भन्दा अरु छैन । त्यसैले दिनमा केहि समय सामाजीक सञ्जालमा रहने, केहि समय समाचार हेर्ने र अन्य सबै समय अन्यत्र नै लगाउनुस ताकी तपाईलाई घरभित्रै बस्नुपर्दा तनाव नहोस । सधैभरि नकारात्मक समाचार मात्र पढ्दा तपाईको मानसीक स्वास्थ्यमा असर पर्छ । तपाई अन्य रोगबाट पीडित भइरहनु भएको छ भने पनि तपाईको रोगसँग लड्ने क्षमतामा ह्रास आउँन सक्छ ।

लामो समय लकडाउन भइरहँदा श्रमगरि खाने मजदूर, गरिव तथा पीडित समुदायलाई छाक टार्न पनि अप्ठ्यारो भइरहेको अवस्था छ । यो अवस्थामा सक्नेले आर्थिक अवस्था कमजोर भएका र एक छाक टार्न कठिन अवस्थामा रहेकालाई सहयोग गर्दै सबैले मानवीय भावनाले काम गर्नुपर्ने देखिन्छ । तपाईको सानो सहयोग पनि यो बेलामा ठूलो सहयोग हुन सक्छ । ब्यक्तीगत हिसावले म आयरल्याण्डमा रहे पनि काठमाडौंमा रहेको आफनो घर भाडामा बस्नेलाई एक महिनाको घर बहाल शुल्क नलिने निर्णय गरेकी छु । घरभाडामा बस्नु हुने सबैलाई एक महिनाको घरभाडा नलिने जानकारी गराउँदै यो बेलामा सान्त्वना दिने कार्य गरेको छु । तपाई हामी जहाँ बसे पनि सकेको सहयोग गर्न सकिन्छ । त्यसैले यो बेला आफू पनि बाँच्दै अरुलाई पनि बचाउनु सबैभन्दा ठूलो हो ।

अन्तमा सबैमा के अनुरोध गर्न चाहान्छु भने यो संकटको बेलामा आफूले सकेको ठाउँबाट सक्ने र खान समेत नपाउने अवस्थामा रहेका पीडीतलाई सहयोग गर्दै कोरोना विरुद्धको यो युद्धमा विजयी हुन घरभित्रै बसौ, आवश्यक सावधानी अपनाऔं, आफू पनि बाँचौ र अरुलाई पनि बचाउन सहयोग गरौ । धन्यवाद ।


प्रकाशित | १८ चैत्र २०७६, मंगलवार १९:४९