प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बोलाइएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बस्ने भएको छ । यसअघि संसदीय दलको बैठक गत चैत्र ७ गते विहान बालुवाटारमै बसेको थियो । उता, वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भने आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै बैठक भोली नै बोलाएको छ ।


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १४:५३