विप्लव समूह र प्रहरीबीच गोली हानाहान

भोजपुर: भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्ग क्षेत्रको धोत्रेमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँँदा एक जना घाइते भएका छन् ।   गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक, काउलेका विप्लव कार्यकर्ता तीर्थराज घिमिरे गम्भीर घाइते भएको र उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, एक थान बाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार २०:१७