एनआरएनए आइसिसीद्धारा निर्वाचन आचारसंहिता लागू गराउन पुन: एनसिसीलाई निर्देशन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीले निर्वाचन आचारसंहित लागू गराउन सबै एनसिसीमा आग्रह गरेको छ । एनसिसी निर्वाचन संहिताभन्दा बाहिर गएर कुनै काम कारवाही नगर्न निर्देशन दिर्दै आचारसंहित विपरीत गए तुरुन्तै कारवाही गर्ने जनाएको छ । अहिले एनआरएनको एनसिसीको निर्वाचन धमाधम भइरहेको छ ।

निर्वाचन गराउने सवालमा कुनै राजनैतीक, धार्मिक र जातीय आधारमा प्यानल बनाउन नपाउने गरि एनसिसीको आचारसंहिता बनाइएको छ । तर केहि एनसिसी निर्वाचनमा आंचारसंहित उल्लंघन गरिएको पाइएको भन्दै गम्भिर ध्यार्कषण भएको र कुनै उजुरी परेमा कारवाही गर्न पछि नपर्ने आइसिसीले चेतावनी दिएको हो । एनआरएन महासचिव बद्री केसीद्धारा जारी बिज्ञप्तिमा एनसिसी निर्वाचन आंचारसहिता पालनामा ध्यान दिन ध्यानर्कषण गराइएको हो ।  आइसिसीले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै :

जो जस संग सम्बन्धित छ ।

सन् २०१९(२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदहरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भई रहेको छ । यस सम्बन्धमा अन्तरास्ट्रिय समन्वय परिषद्को निम्नअनुसार ध्यानाकर्सन भएको छ्र

१। राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा (५.१२) राजनैतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाब लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचार प्रसार गर्न पाइने छैन्र

२. राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा (५.१२) अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषदका सबै उमेद्वारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उमेद्वारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने छ । कुनै उमेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको आचारसंहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित लिखित उजुरी परेमा निर्वाचन समितिले छानविन गरि मनोनयन रद्द गर्न सक्नेछ ।

यसै सन्दर्भमा सबै एनसिसिहरुमा गठन भएका निर्बाचन समितिलाई धारा ५.१० अनुसार आचार संहिता लागु गराउन निर्देशन गरिन्छ्र निर्वाचित हुने तथा हुन लाग्नुभभएको पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरुले कुनै राजनैतिक, जातिय वा धार्मिक संस्थाको पदाधिकारीको पद धारणा गरेको भए तुरुन्त कुनै एक पदबाट राजिनामा दिनुहुन निर्देशन गरिन्छ्र । धारा ५.१२ मा उल्लेख भए अनुसार कतै उजुर परि छानबिन पछी ठहर भएमा यहाहरुले गैरआवासीय नेपाली संघमा धारणा गरेको पद खारेज हुने जानकारी गरिन्छ्र

महासचिव

बद्री केसी

 


प्रकाशित | १० भाद्र २०७६, मंगलवार १४:५१