एमसीसीको विषयमा विवाद गर्नु निरर्थक: महन्थ ठाकुर

काठमाडौं –  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा विवाद गर्नु निरर्थक रहेको बताउनु भएको छ । जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताउनु भएको हो ।

अध्यक्ष ठाकुरले अहिले सस्तो लोकप्रियता हासिल गर्न विवाद भइरहेको बताउँदै एमसीसीको विषयमा आफनो पार्टीमा कुनै विवाद नरहेको पनि बताउनु भयो ।


प्रकाशित | २९ माघ २०७८, शनिबार १९:४४