यतीले थप्यो नयाँ ‘एटिआर-७२’ जहाज

काठमाडौं: यति यएरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ। ययरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाडौं ल्याएपुर्याएको हो।  आन्तरिक उडानमा दोश्रो बजार हिस्सा ओगट्ने कम्पनी यतिले अहिले विराटनगर, भद्रपुर, पोखरा, भैरहपा, चितवन, धनगडी, नेपालगन्जलगायतका गन्तव्यमा उडान भर्दै आएको छ। योसँगै यति एयरलाइन्ससँग ४ वटा एटिआर- ७२ जहाज, एउटा एटिआर ४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १० पुगेको छ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १६:०६