पोग्बाको गोलमा युनाईटेड अन्तिम आठमा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १(० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो ।

युनाईटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए । मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा पोग्बाले गोल गरेका हुन् । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।

पोग्बाले मैदान छिरेको तीन मिनेट पछि नै गोल गरेका हुन् । फ्रान्सका पोग्बा ४६ औं मिनेटमा मार्कुस राषफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै स्पेनिस क्लब ग्रानडा, भिल्ला रियलले अन्तिम आठमा स्थान बनाउँदा आयाक्स पनि अन्तिम आठमा प्रवेश गरेको छ । रोमाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ ।


प्रकाशित | ६ चैत्र २०७७, शुक्रबार ०८:१३