स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गरः सचिव भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । गठबन्धनको सरकारले संविधान र लोकतन्त्रलाई मास्न खोजेको प्रति संकेत गर्दै सचिव भट्टराईले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नु भएको हो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संविधान र लोकतन्त्राको रक्षाको लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुएको छ, ‘स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर १ संबिधान र लोकतन्त्रको रक्षा गर ।’


प्रकाशित | १५ माघ २०७८, शनिबार १८:३७