रोनाल्डोको कीर्तिमानी गोलमा युनाईटेड विजयी

एजेन्सी -क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७ सय क्लब गोल पुरा गरेको खेलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराएको छ ।

गुडसिन पार्कमा आईतबार राति रोनाल्डोले ७ सय क्लब गोल पुरा गर्दा युनाईटेडले एभर्टनलाई २-० गोल अन्तरले पराजित गर्यो । योसँगै एभर्टनको लगातार दुई खेलको जितमा पूर्ण विराम समेत लागेको छ ।

एन्थोनी मार्टियलको पासमा एन्थोनीले गोल गर्दै खेलको १५ औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए ।पहिलो हाफ सकिन एक मिनेट अघि क्यासमिरोको पासमा रोनाल्डोले आफ्नो कीर्तिमानी गोल पुरा गरे ।

पछिल्लो जितले युनाईटेड १५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन १० अंक सहित तालिकाको १२ औं स्थानमा छ ।


प्रकाशित | २४ आश्विन २०७९, सोमबार ०९:४०