दोर्जे शेर्पाले पौडीतर्फ एनआरएनएलाई दिलाए ३ स्वर्ण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट आठौं औ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि दोर्जे नथम शेर्पाले पौडीतर्फ एनआरएनएलाई ३ स्वर्ण दिलाउनुभएको छ । शेर्पाले ४०० मिटर पौडीमा एनआरएनएलाई स्वर्ण पदक दिलाउनुभएको हो ।

दोर्जे नोथम शेर्पाले पौडीमा ३ स्वर्ण प्राप्त गरिसक्नु भएको छ भने बाँकी रहेको पौडीका ४ खेलहरूमा समेत शेर्पा प्रबल दावेदारका रुपमा हेरिएको छ । एनआरएनएले अहिले सम्म ४ स्वर्ण सहित १ रजत, ५ कास्य पदक प्राप्त गरिसकेको एनआरएनए युवा तथा खेलकुद विभाग प्रमुख तथा संयोजक सुदन कुमार थापाले जानकारी गराउनुभयो ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार २१:१३