सुन तस्कर सक्रिय : विमानस्थलबाटै समातीयो ६ किलो सुन

काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुन समातीएको छ । थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएका चार चार भारतीय नागरिक पक्राउ परेका हुन । पक्राउ परेकामा तीन महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ ।  विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार एक भारतीय चार सय ९७ ग्राम सुनसहित र थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका हुन्। सुन परीक्षणका लागि पठाएको र बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान शूरु गरिएको एसएसपी भण्डारीले जानकारी दिनुभयो ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार १९:४६