एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेको उम्मेदवारी घोषणा (भिडिओ रिर्पोटसहित )

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी घोषणा गर्नुभएको छ । अमेरिकाको डल्लास टेक्सासको नेपाली मन्दिरमा आयोजित एक कार्यक्रमका बीच डा.बन्जाडेले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दिएको बताउनुभयो। एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहनुभएको बञ्जाडेले एनआरएन अमेरिकालाई अमेरिकामा रहेका नेपालीहरूको साझा सङ्गठनको रूपमा विकसित गर्न आफ्नो उम्मेदवारी रहेको पनि बताउनुभयो ।

‘नेपालीहरूको साझा चासोहरूलाई एकीकृत रूपमा नेपाल र अमेरिकी सरकारसँग मिलेर सम्बोधन गर्न एनआरएन अमेरिकाको सक्रियताले सहायता मिल्छ भन्ने मलाई विश्वास छ’, उहाँले भन्नुभयो ।

‘गैर आवासीय नेपाली अभियानमा आफ्नो योग्यता, क्षमता, विद्वता, अनुभव र नेटवर्कको प्रयोग गरी यसलाई नयाँ उचाइमा लैजान चाहेको उहाँले बताउनुभयो । साथै यसका अपुरा कामहरू पुरा गर्न, अव्यवस्थित कुराहरू व्यवस्थित गर्न, नयाँ कार्य योजनाहरु ल्याउन र इमान्दारी पूर्वक कार्यन्वयन गर्न यो सङ्गठन बुझेको, यो संस्थाको क्षेत्राधिकारको पहिचान गरेको, यसमा रहेका कमजोरीहरु थाहा पाएको नेतृत्व अहिलेको आवश्यकता हो’, उहाँले भन्नुुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘मेरो अनुभव र योग्यतालाई यो संस्थामा संघठित र सक्रिय रूपमा अघि बढाउन उपयोग गर्न चाहन्छु । रहर वा राजनीतिक जोड घटाउको हिसाब गरेर होइन संस्था स्थापनाका उद्देश्यहरू पूर्ति गर्न आगामी २ बर्से कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’ यस्तो छ बन्जाडेको चुनावी घोषणापत्र :-

आदरणीय संचारकर्मी मित्रहरु सम्पूर्णमा नमस्कार ।

सर्वप्रथम निरन्तर तपाईहरुवाट गैर आवासीय नेपाली संघको अभियानमा भएको सहयोगका निम्ति आभार व्यक्त गर्दछु । गैर आवासीय नेपाली संघलाई आम गैर आवासीय नेपालीको प्रभावशाली संस्था बनाउनका लागि संचारकर्मीहरुको योगदान सदैव महत्वपूर्ण रहदैं आएको छ । एनआरएनए अभियानको एउटा शसक्त राष्ट्रिय समन्वय परिषद्को रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका रहेको छ । एनआरएनए अमेरिकालाई यहासम्म ल्याइपुऱ्याउनका निम्ति पनि आम संचारकर्मीहरुको भूमिका अंह रहदैं आएको छ ।

म यस संस्था स्थापनादेखिनै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएर यस अभियानमा सगैं अघि बढेको पनि यहाहरुमा अवगत नै छ ।

यस संस्थाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रही सेवा गरिरहेको सन्दर्भमा पनि यहाहरु जानकार नै रहनुभएको छ । मलाई सेवा गर्ने अवसर निर्माण गर्ने देखि अभियानका दौरान काम गर्ने क्रममा निरन्तर सहयोगी भाव प्रकट गर्दै आउनुभएकोमा पनि तपाई सबैमा कृतज्ञता प्रकट गर्न चाहन्छु ।

आदरणीय संचारकर्मी मित्रहरु म तपाईहरु मार्फत सम्पूर्ण आदरणीय एनआरएन साथीहरू समक्ष के भन्न चाहन्छु भने हामी फेरी एनआरएन अमेरिकाको वर्ष २१/२३ को निर्वाचनको संघार मा छौं । त्यही सेरोफेरोमा धेरै क्षेत्रबाट आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ । एनआरएनको अभियानमा जोडिनका लागि यसरी स्वत:स्फूर्त जागरण आउनु आफैमा सुखद् पक्ष हो भन्ने मलाई लाग्दछ ।

एनआरएन अमेरिकालाई अमेरिकामा रहेका नेपालीहरूको साझा सङ्गठनको रूपमा विकसित गर्दै हामी नेपालीहरूका साझा चासोहरूलाई एकीकृत रूपमा नेपाल र अमेरिकी सरकार सग मिलेर सम्बोधन गर्न एनआरएन अमेरिकाको सक्रियताले सहायता मिल्छ भन्ने मलाई विश्वास छ ।

यो अभियानमा मैले आफ्नो योग्यता, क्षमता, विद्वता, अनुभव र नेटवर्कको प्रयोग गरी यसलाई नया उचाइमा लैजान चाहन्छु । यसका अपुरा कामहरू पुरा गर्न, अव्यवस्थित कुराहरू व्यवस्थित गर्न, नयाा कार्य योजनाहरु ल्याउन र इमान्दारी पूर्वक कार्यन्वयन गर्न यो सङ्गठन बुझेको, यो संस्थाको क्षेत्राधिकारको पहिचान गरेको, यसमा रहेका कमजोरीहरु थाहा पाएको नेतृत्व अहिलेको आवश्यकता हो ।

मेरो अनुभव र योग्यतालाई यो संस्थालाई संघठित र सक्रिय रूपमा अघि बढाउन उपयोग गर्न चाहन्छु । रहर वा राजनीतिक जोड घटाउको हिसाब गरेर होइन संस्था स्थापनाका उद्देश्यहरू पूर्ति गर्न आगामी २ बर्से कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । एनआरएनए नेपालीहरूको अन्तर्राष्ट्रिय संस्था हो । त्यसमा एनसिसी अफ अमेरिका धेरै महत्वपूर्ण हो । यसको नेतृत्व गर्ने व्यक्तिमा संसारले आाखा लगाएको हुन्छ । उसको बोली, उसको प्रस्तुती र उसको योजनाहरूले सजिलै ठाउ पाउछन् । संसारभरका एनआरएनहरूको केन्द्रविन्दुमा रहेको यो पदमा धेरै आशा रहेको हुन्छ । अमेरिकाको नेतृत्व सोही अनुरूपको हुनुपर्छ भन्ने मान्यता अनुरूप नै मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ ।

अध्यक्षको यात्रामा अघि बढिरहदा आम अमेरिकाबासी गैर आवासीय नेपालीले विश्वास गरी मलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराएपछिको मेरो भूमिकाबारे पनि आम अमेरिकाबासी गैर आवासीय नेपालीले जान्न र थाहा पाउनु उहाहरुको अधिकार हो । मलाई गैर आवासीय नेपालीहरुले जुन भूमिका दिनुभएको थियो, त्यसमा मैले आफ्नो तर्फवाट न्याय गरे भन्ने मलाई लागेको छ र त्यो अनुभव आम गैर आवासीय नेपालीले पनि गर्नुभएको छ भन्ने मलाई विश्वास छ ।

म एन आर एन ए अमेरिका द्वारा सञ्चालन गरिएका प्रायजसो सबै कार्यक्रमहरूमा संलग्न रही आएको र मेरो तर्फबाट सक्दो योगदान पुर्‍याएको छु । एन आर एन ए अमेरिकाको वर्तमान कार्यसमितिले कोभिड–१९ को महामारीका बाबजुद धेरै नै काम गर्न सफल भएको छ भने केही कार्यक्रमहरू गर्न सम्भव भएन । वर्तमान समितिबाट भए गरिएका केही कार्यक्रम हरू यस प्रकार छन् :-

अमेरिकी जनगणना केन्द्रित कार्यक्रम

इन्फरमेसन हेल्प डेस्क सञ्चालन

एनआरएन अभियान तथा एनआरएनए युएसएमा विज्ञहरूको सहभागिता

अतिरिक्त शिक्षा तथा सिप विकास अभिमुखीकरण कार्यक्रम

अध्यागमन तथा कानुन परामर्श

एनआरएनए परिचय पत्र

कोभिड–१९ भाइरसका कारण उत्पन्न जटिल परिस्थिति सँग अन्तर सम्बन्धित कार्यक्रम

च्याप्टर नभएको राज्यहरूमा सम्पर्क व्यक्ति नियुक्त

जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी तथा विभिन्न विश्व विद्यालय एवं कलेजको व्यवस्थापन संग सम्पर्क, स्टुडेन्ड एप निर्माण

ड्रिम बिग

दोहोरो नागरिकता तथा गैर आवासीय नेपाली नागरिकताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम नागरिक तथा अध्यागमन

नेपाल भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम

नेपालमा Internship कार्यक्रम

नेपालमा एन.आर. एन कानुन निर्माणमा लबिङ गर्ने

नेपालमा स्मार्ट सिटी निर्माणमा सहकार्य – स्याङ्जा जिल्लाको वालिङ नगरपालिका तथा गोर्खा जिल्लाको पालुङ्गटार नगरपालिकालाई प्राविधिक रूपमा सहयोग गर्ने कार्य अघि बढाइएको छ।
नेपाली नागरिकताको निरन्तरता र दोहोरो कर प्रणाली खारेज सम्बन्धमा

नेपाली भाषा शिक्षा

बुलेटिन प्रकाशन तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषणमा प्रभावकारिता
नेपाली राष्ट्रियतासँग जोडिएका कार्यक्रम – protest letter to the embassy of India in the US अमेरिकामा हुर्किरहेको गैर आवासीय नेपाली युवा तथा बाल बालिकाहरूलाई खेलकुद क्षेत्रमा जोड्नका लागि विभिन्न राज्य स्तरीय खेलकुद प्रतियोगिता; लिटल टेलेन्ट प्रतियोगिता

भावी कार्य योजनाहरु

Nepali PAC – Political Action Committee: Mainstream का सामाजिक संस्थाहरूसँगको सहकार्य र mainstream मा नेपालीको सहभागिताका लागि कार्यक्रम

विज्ञहरूलाई जोड्नका लागि एक्सपर्ट डाटा बेस – started and will continue

विभागीय संरचनाको अवधारणा – proposed in 2019

Group Insurance – benefit for NRNs – need to reduce the dependency on GoFundMe.

Continuity of Citizenship

Nepali Green


प्रकाशित | २ चैत्र २०७७, सोमबार १०:४१