कांग्रेस महाधिवेशन फागुनमै गर्न नेताहरुको सुझाव

काठमाडौं – नेपाली काँग्रेसको आगामी फागुनमा घोषणा गरिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताले महाधिवेशन निर्धारित समयमै गर्नुपर्नेमा जोड दिएका हुन ।

आगामी फागुन ७ देखि हुने महाधिवेशनलाई सोही मितिमा सम्पन्न गर्न क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई पहिला टुङ्ग्याउन पनि जोड दिएका छन् ।

नेतहरुले क्रियाशील सदस्यता वितरण प्रक्रिया टुङ्गिएको दुई महिनामा वडा, नगर, पालिका, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, जिल्ला एवम् प्रदेश अधिवेशन गर्न सकिने सुझाव पनि दिएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार ०७:०७