एमालेमा कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँतादिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठकले महासचिवबाहेक उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको छ । यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ। प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीलाई दिइएको छ ।

नेता माधवकुमार नेपाल पक्षका नेताको जिम्मेवारी पनि खोसिएको छ । आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। विभागमा पहिला माधवकुमार नेपाल हुनुहुन्थ्यो ।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बैठकले आउँदो मंसिर २ गतदेखि ४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज : रामबहादुर थापा “बादल”
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार १८:३०