वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज .(सोमबार ) बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।


प्रकाशित | २९ भाद्र २०७७, सोमबार २१:३१