जसपा संसदीय दलको बैठक सुरु, संसदीय दलको नेता चयनबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको नेता चयन लगायत बारे छलफल हुने जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार १५:२५