काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।
उपत्यकामा आज ६४९ जना महिला र ८१९ पुरुष गरी कूल १ हजार ४६८ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार २४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा संक्रमण देखिएको हो ।
आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १००४ पुगेको छ।
आज देशभर ३७ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित | १८ कार्तिक २०७७, मंगलवार १७:१९