अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फ्रान्समा एनआरएनए महिला फोरमको भर्चुअल कार्यक्रम

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको महिला प्रतिनिधि मिली उपाध्याय कोइरालाको संयोजकत्व र एनआरएनए महिला फोरम फ्रान्सको विशेष सक्रियतामा एक भर्चुअल कार्यक्रम गरि सम्पन्न गरिएको हो ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) र प्रमुख अतिथिको रुपमा आइसिसि सदस्य पान कुमारी मल्ल (पारु) हुनुहुन्थ्यो भने फ्रान्समा रहेका विभिन्न संघसंस्थामा आबद्ध भएर संबन्धित संस्थाको प्रमुख पदमा रहि सफलता पुर्वक नेतृत्वदायी भूमिका निभाउँनु भएका अग्रज महिला व्यक्तित्वहरुलाई उहाँहरुको सम्मानमा कदर पत्र प्रदान गरिएको छ।

कार्यक्रममा पाकोफेनकी भुपु अध्यक्ष तथा एनआरएन फ्रान्सकी संस्थापक सदस्य आदरणीय जिता (मैया) कट्वाल, तमु समाज फ्रान्सकी भुपु अध्यक्ष तथा एनआरएनए फ्रान्सकी सल्लाहकार अनिता गुरुङ र पाकोफेनकी वर्तमान अध्यक्ष सुमित्रा प्रधानलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा सहभागी दिदीबहिनीहरुले महिला उत्थान, महिला सशक्तीकरण र महिला मैत्री समाजको निर्माणमा व्यक्ति,परिवार,समाज र सबै राज्य सकारात्मक र प्रगतिशिल हुनु पर्ने कुरा व्यक्त गर्नुभयो। विभिन्न वहानामा विभक्त नभइ महिलाहरु एक हुनुपर्ने साथै महिलाका समस्या र चुनौतीहरुको सामना गर्न स्वयं महिला नै निडर भइ अघि बड्नु पर्ने अठोट पनि राख्नु भएको थियो।

नर्डिक मुलुकहरुमा महिलाहरुले देशको कार्यकारी प्रमुखको भुमिका निभाउँने नेतृत्वदायी भूमिका निर्वाह गरिसके पनि अझैँ विकसित युरोपकै कतिपय मुलुकहरुमा महिलाहरुलाई श्रमको समान पारितोषिक नहुनु ,कार्यक्षत्रमा भुमिगत लैङ्गिक भेदभाव रहनु आदि जस्ता यथार्थ रहँदै गर्दा हाम्रो जस्तो विकासोन्मुख देशमा महिलाहरु धेरै कुरामा पछि परेको कुरा पनि सहभागिहरुले राख्नु भएको थियो ।


प्रकाशित | २४ फाल्गुन २०७७, सोमबार ०८:५०