भारत निर्वाचन: लोकसभाको ५१ सिटको लागि मतदान सुरु

काठमाडौं : भारतको संसदको तल्लो सदन लोकसभाको सात वटा राज्यमा चुनाव शूरु भएको छ । आज सातवटा राज्यका ५१ सांसद सिटको लागि मतदान शूरु भएको हो । बीबीसीले जनाएअनुसार हिमाली प्रदेश जम्मू कश्मीरदेखि मध्यप्रदेश र राजस्थानसम्मका सात राज्यमा मतदान सुरु भइसकेका विवरण प्राप्त भएका छन्।

सबै ५१ सिटहरूमा ६७४ उम्मेदवार चुनावको मैदानमा छन्। यो चरणसँगै लोकसभाको ४२५ सिटका लागि मतदान पूरा हुनेछ। पाँचौँ चरणको चुनावमा करिब ८.७५ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। ती मध्ये ४।६३ करोड मतदाता पुरुष छन् भने ४।१२ करोड मतदाता महिला रहेका छन्।

पाँचौ चरणको मतदानको दिन सोमवार मतदाताहरूले कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी, यूपीए गठबन्धनकी प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृती ईरानी, राज्यवर्धन सिंह राठौड र महबूबा मुफ्ती जस्ता चर्चित नेताहरूको भाग्यको फैसला गर्दैछन्।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १०:१८