नेकपा नाम विवाद: ओली र प्रचण्ड नेतृत्वको वैधानिकता खारेज, ऋषि कट्टेललाई सर्वोच्चले दियो आधिकारिकता

काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाको वैधानिकता खारेज भएको छ । सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।

न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

सर्वोच्चका यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी दर्ता गर्नुपर्नेछ ।

नेकपाको विभाजन र आधिकारिकताको विवादकाबीच सर्वोच्च अदालतको यो फैसला आएको छ ।


प्रकाशित | २३ फाल्गुन २०७७, आईतवार १५:३२