राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै एनआरएनए कतार

दोहा ( कतार) । गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा युवा विभागको आयोजनामा राष्ट्रिय युवा सम्मेलन हुने भएको छ। अगामी मार्च ५ तारिख शुक्रबारका दिन दिउँसो १ बजे देखि अनलाइन (जूम) मार्फत सो कार्यक्रम हुने भएको हो ।

नेपालको दिगो विकास र समृद्धिका लागि प्रवासी युवाहरूको भुमिका भन्ने नारा सहित राष्ट्रिय युवा सम्मेलन गर्न लागेको गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराउनुभयो ।

अध्यक्ष मुसलमानले एनआरएनए कतारको समन्वयमा हुने सो कार्यक्रम कतारमा स्थापित विभिन्न संघ संस्थालाई सहभागीताका लागि आग्रह गर्नुभएको छ ।


प्रकाशित | १५ फाल्गुन २०७७, शनिबार २२:०१