श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास

धनुषा: धनुषाको शहीद नगरपालिका पुरवारी टोलका २४ वर्षीय मुकेश गोइत यादवले आफ्नै श्रमती निर्मला यादवलाई हातखुट्टा बाँधेर आगो लगाई हत्या प्रयास गरेका छन् । यादवले लागुऔषध दुर्व्यसनी नसाको सुरमा श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको प्रहरीको जनाएको छ । प्रहरीका अनुसार श्रीमती निर्मलाको अहिले काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचार भइरहेको छ । उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । मुकेश र निर्मलाबीच १० महिना अघि विवाह भएको थियो ।

प्रहरीका अनुसार, वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागुपदार्थको नसामा मुकेशले निर्मलालाई कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए । घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले प्रहरीमा उजुरी गरेका थिए । अहिले प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १८:२८