एनआरएनए डेनमार्कको कलरफूल श्याडोज कार्यक्रम चार वर्षपछि सञ्चालनमा

कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कले नेपालमा दृष्टिबिहीनहरुलाई विभिन्न सहयोगको लागि संचालित संस्था कलरफूल स्याडोज कार्यक्रम चार वर्षपछि फेरि सञ्चालनमा ल्याएको छ । दोस्रो पुस्ताको लागि कलरफूल स्याडोज कार्यक्रम चार वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

कलरफूल श्याडोज कार्यक्रम अन्तर्गत नेपालमा अपाङ्गता भएका विद्यार्थीहरूका निमित्त दुई महिने कोचिङ कक्षा सञ्चालन गरिएको छ । सो कार्यक्रमका लागि यूरोपका पाँच एनसिसीबाट संयुक्त रुपमा आयोजित एक कार्यक्रमबाट संकलीत ३ लाख बढी आर्थिक संकलन गरिएको छ ।

युरोपका पाँच गैर आवासीय नेपाली संघ बेलायत, आयरल्याण्ड, डेनमार्क, अस्ट्रिया, स्पेन र पत्रकार महासंघ युरोप शाखाद्धारा सकलीत २ हजार २६९,४० युरो अर्थात् ३ लाख २२ हजार २८७ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हो ।

‘गैर आवासीय युवाको पहिचान देश निर्माण ‘भन्ने नारा सहित डिसेम्बर १९ मा एक मर्चुअल कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा सो रकम संकलन भएको थियो ।

संकलीत रकम गत सोमवार १ फेब्रुअरी २०२१ का दिन एक कार्यक्रम आयोजना गरी गैर आवासीय नेपाली संघ डेनमार्कको सहयोगमा उक्त रकम कलरफूल स्याडोजकी अनुजा गौतमलाई निकास गर्ने निर्णय गरिएको एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले जानकारी गराउनुभयो ।

कलरफुल स्याडोज २०१६ मा स्थापना भएको हो । सन् २०१६ को डेनमार्कमा भएको युरोपन क्षत्रीय बैठकमा डेनमार्कबाट दृष्टिबिहीन अनुजा गौतम र अर्की किशोरीले मञ्चमा दिनुभएको प्रस्तुतीबाट प्रभावित एनआरएनका अभियन्ताहरुले सहयोगको आश्वासन सहितको प्रतिबद्धता जनाउनुभएको थियो ।

युरोपका पाँच एनसीसी र पत्रकार महासंघ युरोप शाखाको यो सहकार्यले भविष्यमा सामाजिक एकताको उदाहरणको रुपमा लिन सकिने विश्वास लिइएको छ ।


प्रकाशित | १४ फाल्गुन २०७७, शुक्रबार ०७:४३