पूर्व मिस नेपाल श्रृंखला, अनुष्का र बास्केटबलकी क्याप्टेन सदिना सेभेन समिटमा नियुक्त

काठमाडौं । सेभेन समिट फाउन्डेसनले थप चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको छ । फाउन्डेसनको आज बसेको कार्यसमिति बैठकले पूर्व मिस नेपाल श्रृखला खतिवडा, अनुष्का श्रेष्ठ, पहिलो महिला बास्केटबल क्याटेन सदिना श्रेष्ठ र मिग्मा शेर्पालाई नियुक्त गरेको हो ।

आज विभिन्न देशबाट बसेको बैठकले चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले जानकारी गराउनुभयो । अध्यक्ष एसी शेर्पाका अनुसार बैठकमा विभिन्न एजेन्डाका विषयमा छलफल गरिएको छ ।

बैठकले कोभिड १९ म्याक्सिन नेपालमा कसरी ल्याउने भन्ने विषयमा छलफल गरेको छ । साथै सोलुखुम्बुको दुर्गम क्षेत्र ट्यापिंग घोरकानी र केरुङमा तीन वटा एम्बुलेन्स सहयाग गर्ने निर्णय गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

त्यस्तै, अमेरिकाका राजनीतिक दल तथा सरकारसँग समन्वय गरेर नेपालमा जलवायु परिवर्तनको क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा पनि छलफल गरिएको छ ।

नेपालमा महिलाहरुको अहिलेसम्म बास्केटबल स्टेडियम नभएकोले सहयोगको लागि बास्केटल क्याप्टेन सदिना श्रेष्ठले प्रस्ताव गर्नुभएबमोजीम पहिलो इन्डोर बास्केटबल स्टेडियम काठमाडौंमा बनाउने निर्णय पनि गरिएको अध्यक्ष एसी शेर्पाले बताउनुभयो ।

बैठकमा श्रृखला खतिवडाले नेपालमा जलवायू परिवर्तन न्यूनीकरण र अनुष्का श्रेष्ठले शिक्षा क्षेत्रको विषयमा काम गर्ने गरि अगाडि बढ्नुपर्ने सुझाव राख्नुभएको थियो।

फाउन्डेसनका अध्यक्ष एसी शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव टुक्टी शेर्पा, कार्यससमिति सदस्य श्याम तामाङ र एरिका क्लीमेकी सहभागि हुनुहुन्थ्यो । बैठकमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरुको सहभागिता रहेको थियो ।

विश्वको सातै महादेशको हिमाल आरोहण गर्नुभएको एसी शेर्पाले सेभेन समिट फाउन्डेसन महिला र बालबालीकाको विषयमा काम गर्ने उद्देश्यले स्थापना गर्नुभएको थियो ।


प्रकाशित | ९ फाल्गुन २०७७, आईतवार १२:५७