जेट एयरवेज बन्द भएपछि थपियो नेपाल वायुसेवाको काठमाडौं-दिल्ली उडान

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं दिल्ली उडान थप भएको छ । निगमले दैनिक ३ देखी ४ ओटा उडान गर्दै आएकोमा थप २ उडान थप्न लागेको हो । जेट एयरवेजले गत शुक्रबारबाट उडान बन्द गरेपछि निगमले काठमाडौं- दिल्ली दैनिक २ उडान थप्न गर्न लागेको हो । निगमका सहप्रवक्ता नबराज कोइरालाका अनुसार यही बैशाख १८ गतेदेखी निगमले काठमाडौंदेखि दिल्लीसम्म उडान  गर्न लागेको हो ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ११:४४