पोखरामा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ

पोखरा: पोखराको उत्तम चोकमा गोली चलेको छ । प्रहरीका अनुसार पोखराका लागू औषध कारोबारी ‘जोन’ भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न गोली चलाइएको हो । प्रहरीले जोनलाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषधसहित भेटिएका उनी उनी प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १२:४४