एनआरएनए अमेरिकाको सदस्य बनेर सामुहिक अभियानमा आवद्ध हुन सचिव गौरी राज जोशीको अपिल

गौरी राज जोशी, सचिव, गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्

गैर आवासिय नेपाली संघ एउटा अभियान हो । नेपाली नागरिकताको निरन्तरता, लगायत विदेशमा वस्ने नेपालीका अन्य चासोका विषयहरुमा एनआरएनए निरन्तर सकृय छ । संविधानमा एनआरएन नागरिकताको व्यवस्था पनि यो अभियानकै देन हो । यो कानुन वन्ने अन्तिम प्रकृयामा छ । यो आंशिक सफलता मात्र हो । नेपाली नागरिकताको निरन्तरता लगायत, नेपालको आर्थिक विकासका लागि गैर आवासिय नेपालीको भुमिका लगायतका विषयमा हाम्रा थुप्रै मुद्दाहरु अझै पुरा हुन बांकी छन् । यसैले यो अभियानमा विदेशमा वस्ने नेपाली समुदायको मजबुत साथ अझै आवश्यक छ ।

विश्वका झण्डै ८० देशमा फैलिएको एनआरएनए विदेशमा वस्ने सवै नेपाली समुदायको साझा संस्था हो । विदेशमा रहेका करिव ५० लाख नेपालीलाई यसले प्रतिनिधित्व गर्छ । निश्चित उद्देश्य रहेका राजनीतिक पार्टी र समुह भन्दा एनआरएनए वृहत भएको कारण पनि यही हो । हामी विदेशमा वस्ने सवैका प्रमुख मुद्दाहरु एउटै भएकाले नै यो हाम्रो संस्था भएको हो । एनआरएनए अभियानलाई अझ मजबुत बनाउन अमेरिकामा वस्ने नेपाली समुदायलाई एनआरएनए अमेरिकाको सदश्य वनेर सामुहिक अभियानमा आवद्ध हुन हार्दिक अनुरोध गर्छु ।

खाडी मुलुक र मलेसिया पछि सवैभन्दा भन्दा वढी नेपाली वस्दै आएको देश अमेरिका हो । अमेरिकामा नै एनआरएनए कमजोर भयो भने यसले हाम्रो साझा अभियानलाई समेत कमजोर वनाउंछ । यो अभियान कमजोर हुदां हाम्रा मुद्दाहरुपनि कमजोर हुन पुग्छन् । विभिन्न उतार चढाव देखिएपनि एनआरएनए अमेरिका विस्तारै संस्थागत स्वरुप लिने क्रममा छ । अहिलेसम्म यो सवैभन्दा वढी सदश्य रहेको राष्ट्रिय समन्वय परिषद पनि हो । एनआरएनए सचिवालय निमार्ण, भुकम्पवाट प्रभावितहरुलाई सहयोग, कोभिड १९ सहयोग कोष, घर फिर्ती, पुनर्रसथापना, र उद्दार ( 3 R ) लगायतका क्षेत्रमा एनआरएनएले विगतमा अग्रणी भुमिका खेलेको थियो । यसलाई अझ वढाउन अमेरिकामा वस्ने तपाई हामी वढी भन्दा वढी एनआरएनए अमेरिकाको सदश्य बनेर आवद्ध हुदां सहयोग पुग्छ । हाम्रा साझा मुद्दालाई सम्वोधनका लागि दवाव दिने देखि कुशल र अविवादित नेतृत्व चयनका लागि पनि एनआरएनए अमेरिकामा धेरै भन्दा धेरैको सहभागिता चाहिन्छ ।

एनआरएन अमेरिकाको सदश्य भएपनि नभए पनि हामी निश्चित समयभन्दा वढी विदेशमा विताएका प्राय सवै गैर आवासिय नेपाली हौं । तर,एनआरएनए अमेरिकामा आवद्ध हुदां एनआरएन अभियानको मनोबल वढ्छ । वढी भन्दा वढी सदश्य हुदां नै एनआरएनए अमेरिका सामावेशी, प्रभावकारी, स्वच्छ वन्छ । त्यसलै आउने फ्रेअवरी १५ भित्र एनआरएन अमेरिकाको सदश्यता लिई एनआरएनए अमेरिकालाई मबजुत वनाउन र एनआरएन अभियानमा आवद्ध हुन म अमेरिका वस्ने नेपाली समुदाय सवैलाई पुन हार्दिक आग्रह गर्छु ।


प्रकाशित | २० माघ २०७७, मंगलवार २१:०५